सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा सम्पन्न

659

काठमाडौंं। बुढानीलकण्ठ नगरपालिकास्थित सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा शनिबार ( ३० साउन, २०८३ ) सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मीना कार्की बिष्टको अध्यक्षतामा धुम्बाराहीमा सम्पन्न साधारण सभामा काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक शान्ति पाण्डे, बुढानीलकण्ठ नगरपालिका ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानीलकण्ठ नगरपालिकाका सहकारी शाखा प्रमुख अच्युत खड्का तथा सहकारीका शेयर सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

साधारण सभाले अध्यक्ष मिना कार्कीद्वारा प्रस्तुत गरिएको संस्थाको समीक्षा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन तथा अन्य वित्तीय प्रतिवेदनहरु छलफल र सुझावसहित पारित गरेको छ।

सभामा अध्यक्ष कार्कीले आफ्नो संस्थाले गौरवमय २० वर्षको यात्रा सफलतापूर्वक तय गर्नुमा सबै शेयर सदस्यहरुको विश्वास तथा कर्मचारीहरूको मेहनत, त्याग, संघर्ष र निरन्तरता जोडिएको बताइन्। उनले यस संस्थाले सहकारी अभियान केवल आर्थिक कारोबारमा सीमित नगरी सदस्यहरूको जीवनस्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने तथा समुदायका विकासमा योगदान पुर्‍याउने साझा अभियानको रुपमा सञ्चालन गरेको उल्लेख गरिन्।

समीक्षा आर्थिक वर्ष २०८२/८३ मा संस्थामा करिब ५०० शेयर सदस्य महिलाहरु रहेका छन्। संस्थाको शेयर पुँजी रु. ४२ लाख ४२ हजार ८००/- रहेको छ। गत वर्ष संस्थाले कर्जा लगानीबाट रु. २६,९२,५४७/- तथा अन्य बहुउद्देश्यीय कारोबारबाट रु. ६,९६,६४१/- आम्दानी गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर