काठमाडौं। युवामैत्री बैंकिङ सेवालाई थप सहज र डिजिटल बनाउने उद्देश्यका साथ ग्लोबल आइएमई बैंकले ‘Global Next Gen Account ’ सञ्चालनमा ल्याएको छ। यस खातामार्फत ग्राहकले बैंकको शाखामा नगई घरमै बसेर अनलाइनबाट खाता खोल्न सक्ने सुविधा पाउनेछन्।
बैंकका अनुसार राष्ट्रिय परिचयपत्र वा राहदानी भएका नेपाली नागरिकले डिजिटल प्रक्रियामार्फत सहज रूपमा Global Next Gen Account खोल्न सक्नेछन्। आवेदन प्रक्रिया पूरा गरेपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
खाता सञ्चालनका लागि न्यूनतम मौज्दात राख्नुपर्ने बाध्यता रहने छैन। साथै, ग्राहकले घरबाटै मोबाइल बैंकिङ सेवा सक्रिय गरी बैंकिङ कारोबार गर्न सक्नेछन्।
बैंकले नयाँ खाता खोल्ने ग्राहकलाई पहिलो वर्षका लागि मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। यससँगै खातामा आकर्षक ब्याजदर समेत प्रदान गरिने व्यवस्था गरिएको छ।
डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको बैंकको भनाइ छ। शाखामा पुगेर लामो समय कुर्नुपर्ने झन्झट हटाउँदै केही चरणको अनलाइन प्रक्रियामार्फत खाता खोल्न सकिने भएकाले यो सेवा विशेषगरी प्रविधिमैत्री ग्राहकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंकले यस सेवासम्बन्धी जानकारी दिन भिडियो सामग्री समेत सार्वजनिक गरेको छ। बैंकका अनुसार आवश्यक प्रक्रिया, सुविधा र खाता खोल्ने विधिबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइट तथा भिडियोमार्फत प्राप्त गर्न सकिन्छ।
डिजिटल बैंकिङ सेवाको विस्तारसँगै बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
तपाईको बिचार