आयल निगमले ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

603

आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।

उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेकाे छ।

कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन् ।

निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ।

ग्यास बिक्री–वितरणलाईव्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निगमले पाँचबुँदे व्यवस्था लागू गरेको छ

तपाईको बिचार