त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

609

काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्।

इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ।

बिहान ११ः४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह–प्रवक्ता शैलेन्द्र थापाले बताए।

चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन्।

भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन्।

तपाईको बिचार

सम्बन्धित खबर