भक्तपुर। मदिरा व्यवसायी संघ भक्तपुरको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशनबाट जीवन छुस्याकीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। नेपाल मदिरा ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा शुक्रबार ( ५ असार, २०८३ ) सम्पन्न अधिवेशनले पुनः छुस्याकीकै अध्यक्षतमा आगामी तीन वर्षको कार्यकालको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो।
संघको नयाँ कार्यसितिको प्रथम उपाधयक्षमा कृष्णराम खोजु र उपाध्यक्षमा मुकुन्द बहादुर प्रधानाङ्ग निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा सुरोज खिमु श्रेष्ठ चयन भएका छन्। सचिवमा बल बहादुर श्रेष्ठ, सहसचिवमा सुदर्शन थापा, कोषाध्यक्षमा विनोद श्रेष्ठ र सह – कोषाध्यक्षमा रविन राज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा शिव सुन्दर श्रेष्ठ, ओम मल्ल, केवल पराजुली, ज्ञानेन्द्र काफ्ले र रजल सुवाल रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि सोनाम शेर्पाले मदिरा व्यवसायीहरूले भोग्नुपरेको कर, नियमन, बजार व्यवस्थापन तथा नीतिगत जटिलतालाई समाधान गर्दै सहज वातावरणमा व्यापार गर्न दिने नीति आवश्यक रहेको उल्लेख गर्दै मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र जिम्मेवार व्यवसायका रूपमा स्थापित गर्न महासंघ निरन्तर लागिरहेको बताए।
नवनिर्वाचित अधयक्ष जीवन छुस्याकीले संघ र सदस्यहरूको हकहित तथा मर्यादित व्यवसायको लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छैठौँ साधारणसभाले संघको बार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पनि छलफल र सुझावसहित पारित गरेको छ।
तपाईको बिचार