स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औँ वार्षिक साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

519

काठमाण्डौँ। ताप्लेजुङ जिल्लामा निर्माणाधीन १२८ मेगावाटको ‘तमोर मेवा जलविद्युत परियोजना’को प्रवर्धन गरिरहेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफनो २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष सुदिप कुमार चौधरीको सभापतित्वमा यही असार ८ , २०८३ मा नक्साल, काठमाडौंमा सम्पन्न साधारण सभामा आयोजनाको तोकिएको व्यावसायिक उत्पादन मिति २०८५-०६-२५ भित्रमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाको इलेक्ट्रो मेकानिकल निर्माण तथा प्रसारण लाइनतर्फ उल्लेखनीय प्रगति भएको जानकारी दिइएको छ।

साधारण सभामा अध्यक्ष चौधरीले आगामी चरणमा आयोजनाको मुख्य स्थायी संरचनाहरू – बाँध , सुरुङ्ग ,विद्युत गृह, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण खरिद तथा जडान कार्य तीव्र रुपमा अगाडि बढाइने जानकारी दिए। अध्यक्ष चौधरीले कम्पनीको सेयर पूँजीमा लगानी गरी आयोजना निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सेयरधनीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

सभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै लेखापरीक्षण प्रतिवेदन र आ. व. २०८२/८३ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि सम्पन्न भएको छ। सभाले आगामी कार्यकालको लागि नयाँ सञ्चालक समितिको निर्वाचन समेत सम्पन्न गरेको छ।

यस कम्पनीको २०८२ असार मसान्तसम्ममा अधिकृत पुँजी र जारी पूँजी रु. ६,७०,००,००,०००/- तथा चुक्ता पूँजी रु.२,१४,०७,३५,५००/- रहेको छ , जुन ४३१ जना संस्थापक सेयर धनीहरुबाट प्राप्त भएको कम्पनीले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर