देशभरि १० हजार ४ सय ११ निजी शिक्षण संस्था रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार यो संख्या सरकारी बाहेक निजी, सामुदायिक, गुठी लगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यावसायिक प्रशिक्षण केन्द्रको ।
सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा छन् । देशभरिका कुल संस्थामध्ये बागमतीमा २ हजार ९ सय ३ अर्थात् २८ प्रतिशत छन् । कोशीमा १९ हजार १७, मधेसा १८ हजार ९१, लुम्बिनी १ हजार ५ सय ५६, सुदूरपश्चिम ९ सय ७, गण्डकी ८ सय ६२ र कर्णालीमा सबैभन्दा कम ३ सय ७५ शिक्षण संस्था छन्
यस्ता शिक्षण संस्थामध्ये सबैभन्दा धेरै पूर्वप्राथमिक तथा आधारभूत तहका छन् । तिनको संख्या ४ हजार ५ सय २२ (४३ प्रतिशत) छ । माध्यमिक तह ४१ प्रतिशत (४ हजार ३ सय १९) र उच्च शिक्षा प्रदान गर्ने संस्था १२ प्रतिशत (१ हजार २ सय ६८) छ ।
तपाईको बिचार