भक्तपुर दमकलका सूचना अधिकारीसँगै छैन कार्यालयको सूचना 

भक्तपुर दमकलका सूचना अधिकारीसँगै छैन कार्यालयको सूचना 

785

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा सूचना अधिकारी नै सूचनाबाट वञ्चित भएका हुन् ।

यसअघिका कार्यालय प्रमुख बिजय धौवडेलको काउन्टरमा  कार्यालय प्रमुख लोकबहादुर कार्कीले दरबन्दी भन्दा फाल्टु  खरिदार गोर्ख बहादुर दर्लामी मगरलाई हुम्ला जिल्ला प्रशासन कार्यालयबाट काजमा ल्याएर प्रशासनको जिम्मेवारी दिएका छन् । मगरलाई ल्याएपछि सूचना अधिकारीलाई नै सूचना दिन छाडिएको हो ।

फायरमेनमा प्रमुख कार्कीले आफ्नै गृहजिल्लाबासी आफन्त रविन कार्की मनोज खत्रीलाई करारमा नियुक्ती गरेका छन् । साउनमा भएको सो नियुक्ति बिरूद्ध पाटन उच्च अदालतमा १२ जना स्थानीयले रिट निवेदन दिएका थिए । प्रमुख कार्कीले असारमा समेत आफ्नै सालासहित दुई जनालाई करारमा नियुक्ति गरेका थिए । कार्यालयमा १५ फायर फाइटर, ४ हेबी ड्राइभर, इन्धन, तालिम, मर्मतका लागि नगरपालिकासंग माग्ने गरिएको छ ।

तीनवटा पिकअप, चार वटा दमकल छन्, कार्यालयमा । भक्तपुरका अलवा छिमेकी जिल्ला काठमाडौं, ललितपुर, नुवाकोट, काभ्रेपलान्चौक, सिन्धुपाल्चोकसम्म आग्लागी नियन्त्रण गर्दै आएकोमा अहिले सिमित स्थानमा मात्र काम गर्दै आएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर