माविलुङ्ग ईनर्जीको साधारणसभा सम्पन्न, नयाँ सन्चालक चयन

527

काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडको छैटौं वार्षिक साधारण सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा कम्पनीका अध्यक्ष होमबहादुर श्रेष्ठको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ का वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा विशेष प्रस्तावसहित सबै एजेन्डा सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।

साथै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित सम्पूर्ण अनुसूचीहरू अनुमोदन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनी ऐन, २०६३ बमोजिम लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ।

आगामी कार्यकालका लागि संस्थापक शेयरधनी समूहबाट होमबहादुर श्रेष्ठ, शिवराज भण्डारी र आँचल श्रेष्ठ सञ्चालकमा चयन भएका छन्। सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै भुपेन्द्र जोन्छे मनोनित भएका छन् भने स्वतन्त्र सञ्चालकतर्फ निलिमा जोशी मनोनित भएकी छन्।

तपाईको बिचार

सम्बन्धित खबर