देउवाका छोरा जयविरलाई सात दिन भित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र

537

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविरलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ।

सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो।

योसँगै जयविरमाथि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू भएको हो।

जयविरलाई ७ दिनभित्र विभागको कार्यालय हरिहरभवन ललितपुरमा उपस्थित हुन पत्र लेखिएको छ।

उपस्थित नभएमा कानुन बमोजिम अघि बढ्ने समेत उल्लेख गरिएको छ।

‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ७ दिन भित्र यस विभागको कार्यालय हरिहरभवन ललितपुर कर्मचारी संञ्चय कोषको भवनको ब्ल्क बीमा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ। नआए कानून बमोजिम हुनेछ,’ पत्रमा लेखिएको छ। यो सूचना मंगलबारको गोरखापत्रमा समेत प्रकाशित भएको छ।

तपाईको बिचार

सम्बन्धित खबर