काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्ष ध्रुव अधिकारीले ठमेलको दीर्घकालीन विकासका लागि संघीय सरकारले विशेष गुरुयोजना ल्याउनुपर्ने आवश्यकता बताएका छन। अधिकारीले परिषद्ले व्यवसायी, घरधनी तथा सरोकारवालासँग सहकार्य गर्दै क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए। उनले विश्वप्रसिद्ध पर्यटन केन्द्रका रूपमा परिचित गराउन सबैको योगदान आवश्यक रहेको समेत बताए ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको पर्यटन उद्योगलाई विश्वसामु परिचित गराउन ठमेलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले ठमेललाई अझ व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।
ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ का लागि बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण तथा गन्तव्य विकासका कार्यक्रम सञ्चालन गर्न चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
उनले पछिल्लो समय ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायी घरभाडासमेत तिर्न कठिनाइमा परेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानका लागि परिषद्ले सरकारसँग समन्वय गर्दै प्रभावकारी पहल गर्नुपर्ने बताए।
कार्यक्रममा काठमाडौं महानगरपालिका–१६ की वडाअध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, सफा, व्यवस्थित र प्रविधिमैत्री ठमेल निर्माण आजको आवश्यकता भएको बताइन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न ठमेलले महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरिन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल भ्रमणमा आउने अधिकांश विदेशी पर्यटक ठमेल पुग्ने गरेको उल्लेख गर्दै क्षेत्रको क्षमता विस्तार आवश्यक रहेको बताए। उनले हवाई पूर्वाधार र अन्तर्राष्ट्रिय उडान विस्तारबिना नेपालको पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसक्ने धारणा राखे।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले परिषद्ले व्यवसायी, घरधनी तथा सरोकारवालासँग सहकार्य गर्दै क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए। उनले विश्वप्रसिद्ध पर्यटन केन्द्रका रूपमा परिचित
कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष डा. रामशरण थपलिया,उपाध्यक्ष सहदेव धमला (विमल), महासचिव बद्री तिमल्सिनालगायतले ठमेललाई आधुनिक, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
वि.सं. २०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल १,५०० भन्दा बढी घरधनी तथा पर्यटन व्यवसायी आबद्ध रहेका छन्। परिषद्ले ठमेल क्षेत्रको व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा व्यवसायीका हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तपाईको बिचार