टुरिस्ट गाइड एसोसिएसनमा प्रभालक्ष्मी प्रधानाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

515

काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) मा प्रभालक्ष्मी प्रधानाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। टुर्गानको यही असार २७ गते शनिबार काठमाडौंमा सम्पन्न भएको ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनले शनिबार नयाँ कार्य समिति चयन गरेको हो । टुर्गान पर्यटक पथप्रदर्शकहरुको पेशागत हकहितको लागी स्थापित संस्था हो।

अधिवेशनमा नवनिर्वाचत अध्यक्ष प्रधानाङ्गले  २१९ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। अध्यक्षका अर्का प्रत्यासी उत्तमप्रसाद देवकोटाले १०७ मत प्राप्त गरेका थिए ।

यसै गरी महासचिवमा भक्तपुरका सुविन सितिखुले १६६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रोहितकुमार फुयालले १६३ मत प्राप्त गरे।

सचिवमा तेजबहादुर श्रेष्ठलाई पराजित गर्दै भक्तपुरका रविन भैनात्वले जितेका छन् ।  भेनात्वले १८० मत प्राप्त गर्दा श्रेष्ठले १४६ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा चनकेशरी कोजूले १७४ मतका साथ प्रतिद्वन्दी ईश्वरबहादुर ढकाललाई पराजित गरेका थिए । ढकालले १५३ मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले टुर्गानको नयाँ नेतृत्व चयन भएसँगै यस क्षेत्रको गुणस्तर, पर्यटकको सुरक्षा तथा देशको प्रतिष्ठा कायम राख्न गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम पूर्ण रूपमा नियन्त्रण गरी त्यस्ता गतिविधिमा कडाइका साथ प्रतिबन्ध लगाइने र पर्यटक पथप्रदर्शक (टुर गाइड) हरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम, परियोजना तथा सम्बन्धित संस्थाहरूमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराइने कार्य प्रवर्द्धन गरिने बताइन् ।

तपाईको बिचार

सम्बन्धित खबर