नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा अमर श्रेष्ठ

699

ललितपुर । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको नयाँ कार्यसमितिको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित भएका छन् । यही चैत १३ र १४ गते ललितपुरमा सम्पन्न भएको समितिको आठौँ अधिवेशन तथा चौधौं वार्षिक साधारणसभामा भएको निर्वाचनमा श्रेष्ठले ७३७ मत प्राप्त गर्दै विजयी भएका हुन । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी शिव ओझाले ५९७ मत प्राप्त गरे ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा हेमराज श्रेष्ठ विजयी भएका छन् । उनले ७३९ मत ल्याउँदा प्रतिस्पर्धी राजु सत्यालले ५९३ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा भने राजन श्रेष्ठ ७४७ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी वीरेन्द्र श्रेष्ठले ५८० मत प्राप्त गरे ।

समितिको १९ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रियामा अधिकांश पदमा सर्वसम्मत चयन भएको थियो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष गरी तीन पदमा मात्र निर्वाचन गरिएको थियो । बाँकी १६ पदमा उम्मेदवार निर्विरोध चयन भएका थिए ।

नवनिर्वाचित नेतृत्वले आगामी दिनमा व्यवसायीहरूको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यसमितिका सदस्यहरुको नामावली
१. अध्यक्ष : अमर श्रेष्ठ
२. वरिष्ठ उपाध्यक्ष : हेमराज श्रेष्ठ
३. प्रथम उपाध्यक्ष : रत्नमणी पाठक
४. द्वितिय उपाध्यक्ष : कुमार श्रेष्ठ
५. तृत्तिय उपाध्यक्ष : मनोज कार्की
६. प्रदीप बस्नेत : सचिव
७. दिपेन्द्र थापा : सह–सचिव
८. राजन श्रेष्ठ : कोषाध्यक्ष
९. सविन कुमार राई : सह–कोषाध्यक्ष
१०. साजन पौडेल : सदस्य
११. प्रविन श्रेष्ठ : सदस्य
१२. साविका त्वानाबासु : सदस्य
१३. राजेन्द्र लामा : सदस्य
१४. राजेश अकौलिया : सदस्य
१५. बैकुण्ठ प्याकुरेल : सदस्य
१६. राजु रेग्मी : सदस्य
१७. प्रमोद थापा : सदस्य
१८. विष्णु ब. क्षेत्री : सदस्य
१९. राजु पौडेल : सदस्य

तपाईको बिचार

सम्बन्धित खबर