काठमाडाैं। लोअर इर्खुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गर्दै १४.१५ मेगावाट जडित क्षमताको तल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण सम्पन्न भएको जानकारी दिएको छ। यो आयोजना भोजपुर जिल्लाको षडानन्द नगरपालिका तथा साल्पा सिलिचो गाउँपालिकामा भैरवने इर्खुवा खोलामा बनेको छ। आयोजनाबाट मिति २०८२ चैत्र २७ गतेदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भएको हो।
कम्पनीका अध्यक्ष कुमार पाण्डेको सभापतित्वमा यहि जेठ २९ गते शुक्रबार सम्पन्न साधारण सभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रभाव विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। सभाले आ.व. २०८२/८३ को हो लेखापरीक्षक नियुक्ति तथा सञ्चालकहरूको बैठक भत्ता सम्बन्धी निर्णय पनि गरेको छ।
साधारणसभाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव सन्चालक समितिको स्वीकार गर्दै कम्पनीलाई सार्वजनिक लगानीको दायरा विस्तार गर्ने बाटो खुला गरेको छ ।कम्पनीले दीर्घकालीन विकास रणनीतिअन्तर्गत पूँजी परिचालन तथा जलविद्युत् परियोजनामा लगानी विस्तारका लागि आईपीओ निष्कासनको तयारी अघि बढाएको जनाएको छ ।
तपाईको बिचार