काठमाडौं । रिभर फल्स पावर लिमिटेडले नवौँ तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनिको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित गरेको छ । सो साधारणसभा कम्पनीका अध्यक्ष सुभाष अमात्यको सभापतित्वमा यही जेठ २२ गते शुक्रबार काठमाडौँमा सम्पन्न भएको हो।
साधारणसभाले आ.व. २०८०/०८१ र आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू साधारण सभाले पारित गरेको छ भने आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धको साथमा निर्वाचनसम्बन्धसमेत साधारण सभामा पारित भएका छन् ।
कम्पनीको वित्तीय प्रतिवेदन अनुसार आ.व. २०८१/०८२ को अधिकृत पूँजी १,४०,००,००,०००।०० जारी पूँजी १,४०,००,००,०००।०० नै रहेको छ भने चुक्ता पूँजी ७०,००,००,०००।०० रहेको छ । आ.व. २०८०/०८१ मा विद्युत बिक्रीबाट कम्पनीले रु. ३०,१५,१४,७५३।०० अम्दानी गरेको र खर्च रु. २३,८२,९४,४४६।०० हुन गएको छ भने आ.व. २०८१/०८२ मा रु. २६,०९,४७,४७०।०० आम्दानी भइ खर्च रु. २५,५०,६८,१०७।०० हुन गएको कम्पनी ले जनाएको छ । त्यस्तै आ.व. २०८२/०८३ चैत मसान्तसम्म कम्पनीको कर्जा १,१६,११,०५,५०६।८३ रहने छ ।
साधारण सभामा शेयर सदस्यहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष अमात्य तथा अन्य पदाधिकारीहरूले दिएका थिए भने साधारण सभाले सञ्चालक सदस्यहरूमा रेलिजा श्रेष्ठ र शैलेश श्रेष्ठ निर्वाचित गर्दै सञ्चालकहरूसमेत निर्वाचित गरेको छ । कम्पनीले आगामी साधारण सभामा लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएको छ।
यस कम्पनीको त्रिशुली क्यास्केड पावर प्रा.लि. अन्तर्गत माथिल्लो त्रिशुली-१ क्यास्केड जलविद्युत आयोजना (२४.६ मे.वा.) र बेयुल इनर्जी नेपाल लिमिटेड अन्तर्गत मर्स्याङ्दी जलविद्युत आयोजना (५० मे.वा.) मा समेत लगानी रहेको छ ।
तपाईको बिचार