काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारणसभा मंगलबार ( १० चैत , २०८२ ) सम्पन्न भएको छ। । कम्पनीका अध्यक्ष दिलिप कुमार मुनाकर्मीको सभापतित्वमा सम्पन्न साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्नुका साथै स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गरेको हो। फाइनान्सको यही फागुन १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत १० गते काठमाडौंमा फाइनान्सको ३१औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो ।साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।
फाइनान्सले यसपटक सेयरधनीहरुलाई भने कुनै लाभांश भने प्रस्ताव गरेको छैन । सभाबाट वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित भएका छन् । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत दुई गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।
गुडविल फाइनान्स कम्पनी हाल एक अर्ब रुपैयाँ अधिकृत पुँजी र करिब ९४ करोड ६१ लाख रुपैयाँ जारी पुँजीसहित सञ्चालनमा रहेको छ। कम्पनीको स्वामित्व संरचना सन्तुलित रहेको छ, जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ। साथै, कम्पनीका सेयरहरू नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन्। समीक्षा आ. व. मा यस कम्पनीको कर अघिको मुनाफा रु. १,४९,२३,९५८/- रहेको छ।
तपाईको बिचार