स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना हुँदा आठजना घाइते

स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना हुँदा आठजना घाइते

734

काठमाडौँ, २९ जेठ । स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आज दिउँसो ३ः३० बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका–४, भ्यागुते भन्ने ठाउँमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा सवार आठजना गम्भीर घाईते भएका छन् । घाइतेहरूको उद्दार गरी अस्पताल पठाइएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र चार बालक घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार