जीवन दर्शन फाउन्डेसनद्वारा पशुपती प्राङ्गणमा असार ८ देखि १६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदै

571

काठमाण्डौं। लायन्स क्लब अफ काठमाडौँ परोपकार र जीवन दर्शन फाउन्डेसनको आयोजनामा यही असार ८ गतेदेखि १६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ – २०८३ को आयोजना हुने भएको छ। पशुपती मन्दिर सुमार्गी भवन अगाडि कथावाचक पुज्या देवी सुमी मानवका मुखारविन्दबाट वाचन हुने महायज्ञमा झाँकी सहित सांगीतिक कार्यक्रमहरू रहने आयोजकले एक पत्रकार सम्मेलन मार्फत जानाकारी दिएका हुन। सो आयोजनाको सहजकर्ता मानव कल्याण समाज रहेको छ।

महायज्ञ बारे जानकारी दिँदै संकल्पकर्ता लायन्स क्लब अफ परोपकार संस्थापक गभर्नर पार्वती खरेल पाण्डेले यस महायज्ञ आयोजनाबाट आध्यात्मिक जागरण र जीवन दर्शन फाउन्डेसन मार्फत सामाजिक सेवामा काम गर्ने उद्देश्य रहेको जानकारी दिइन् । हाम्रो नैतिक चिन्तन् तथा समाजमा सकारात्मक सोच प्रवर्द्धन गर्नु पनि उद्देश्य रहेको महायज्ञमा आर्थिक पारदर्शिता कायम राख्दै परोपकार जीवन दर्शन फाउन्डेशन बनाउने उद्देश्य रहेकोले सहभागी भएर पुण्यलाभ गर्नको लागि उनले सबैलाई आव्हान गरिन्।

सामाजिक आध्यात्मिक व्यक्तित्व डा. घनश्याम खतिवडाले सदासर्वदा आफ्ना कर्महरुलाई पवित्र राख्दै भगवान श्रीकृष्णको महिमायुक्त ज्ञान सप्ताह श्रवण गर्दा जीवनलाई सार्थक बनाउने जनाउँदै पवित्र पाशुपत क्षेत्रको उर्जाशील वातावणमा महायज्ञ आयोजना हुनुको विशेष अर्थ रहेको बताए। दानशिलताको अभ्यासले पनि जीवनलाई अर्थ प्रदान गर्ने उनले बताए। “भागवतका हरेक श्लोकहरुले हामीलाई जीवन दर्शन सिकाएका छन्, संस्कार र संस्कृति सिकाउँछन्, मानव कल्याणका बाटो देखाएका छन्। भक्ति, ज्ञान र वैराग्यको ज्ञान प्रदान गर्दै कर्मशील हुन सिकाउँछ”, उनले भने।

तपाईको बिचार

सम्बन्धित खबर