धादिङ । धादिङको थाक्रे–११ मा सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै एक प्रभावकारी सामाजिक विकास तथा कल्याण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत विपन्न समुदायका ५१ परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ, जसले स्थानीय स्तरमै राहत र सहयोगको सन्देश फैलाएको छ ।
स्थानीय समाजसेवी मनोज सुवेदीको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गलाई प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्य लिएको थियो । वितरण गरिएका सामग्रीमा चाउचाउ, खाने तेल, अण्डा, चिनी, नुन तथा गहुँको पीठो जस्ता दैनिक उपभोग्य वस्तुहरू समावेश रहेका थिए ।
कार्यक्रम सफल बनाउन BV को महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ । साथै, श्रीमती विलोको निरन्तर साथ, समर्पण र सक्रियताले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विशेष योगदान पुर्याएको भन्दै आयोजकले आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यस्तो सहयोगले तत्काल राहत मात्र नभई विपन्न वर्गमा आशा र आत्मबल बढाएको बताएका छन् । उनीहरूका अनुसार यस्ता सामाजिक पहलले समुदायमा आपसी सहयोग, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने काम गर्छ ।
आयोजकले आगामी दिनहरूमा समेत यस्ता मानवीय तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अझ व्यापक रूपमा समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य रहेको बताएका छन् ।
तपाईको बिचार