भक्तपुर, २१ साउन । भक्तपुरमा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
परिवर्तनशील आवाज र परिवर्तन समाज भक्तपुरको संयुक्त आयोजनामा परिवर्तन समाजका अध्यक्ष राम चन्द्र प्रजापतिको प्रमुख आथित्यतामा एक दिने उदघोषण तालिम सम्पन्न भयो । तालिम प्रशिक्षक जितेन्द्र श्रेष्ठ रसिकलाई प्रमुख अतिथिबाट प्रशिक्षण सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो ।
त्यस्तै तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सांसद किरण थापा मगर ज्युले तालिमले सिकेका कुरा आफ्नो जीवन उपयोगीमा सदुपयोग गर्नु पर्नेमा जोड दिँदै आजको जमाना बोल्नेको पिठी विक्छ नबोल्नेको चामल पनि नविक्ने तितो यथार्थ प्रस्तुत गर्नुभयो । उद्घोषण तालिम आम जनताको लागि अपरिहार्य जस्तै बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तपाईले जे जस्तो कुरा भन्नू पर्ने हो स्पष्ट पार्न निर्धक साथ समाजमा भएका राम्रो पक्ष हो । विकृति विसंगतीलाई हटाउन बोल्नु पर्दछ । बोल्ने कलाको विकास गर्न उदघोषण तालिमले महत्वपूर्ण भुमिका रहन्छ ।’
कार्यक्रममा रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल डा। राजेन्द्रकोजु प्रशिक्षक कृष्ण प्रजापति समाजका सचिव अक्षय सुन्दर प्रजापति लगाएतले उदघोषण तालिम अत्यन्तै प्रभावकारी भुमिका रहने प्रशिक्षार्थिहरुले अब उद्घोषण अभ्यास गर्दै सिक्न सक्ने बताउनुभयो ।
तपाईको बिचार