हाम्रो काम कांग्रेस बनाउने मात्र होइन, समाज बनाउने हो : महामन्त्री शर्मा

हाम्रो काम कांग्रेस बनाउने मात्र होइन, समाज बनाउने हो : महामन्त्री शर्मा

812

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ ९ काे (क) प्रदेशको सम्मेलनमा महामन्त्री थापाले सम्मेलनपछि क र ख काे प्रदेश सभापतिहरूलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए । कांग्रेस मिसन ८४ भन्द‌ै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसकाे मिसन काम भएको महामन्त्री शर्माले बताए । देशमा सबै ठिक ठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले भने,  “नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो । अरूसँग पछि प्रतिस्पर्धा गरौँला । बाह्रै मास चुनावकाे चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ । हाम्रो काम कांग्रेस बनाउने मात्र होइन । समाज बनाउने कुरा हो ।”

यस्तै महामन्त्री शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेको बताए । तर,कांग्रेसका प्रतिस्पर्धा पार्टीका युवा नेताहरू कुनामा बसेर दुनोमा खाने अवस्था रहेको उनेका भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर