ईङवा हाईड्रोपावर लिमिटेडको वित्तीय प्रतिवेदन अनुमोदन, नाफा बढ्याे

851

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको १६औं बार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित गरेको छ।

कम्पनीका संचालक समितिका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा बुधबार ( १६ पुष , २०८२) होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको सभाले समीक्षा आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात , नाफा नोक्सान/ हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

त्यस्तै , सभाले कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्रबोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायका नियामक निकायहरुमा कार्य गर्न र कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न आवश्यक परेमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

मन र अन्य मूनाकादायी आवाजनाहरुमा समेत लगानी गर्न रहका छ ।ईडवा हाईड्रोपावर लिमिटेडद्वारा कोशी प्रदेशको पाँचथर तथा ताप्लेजुङ्ग जिल्ला बिच भएर बग्ने ईङवा नदीको पानी उपयोग गरी ९.७ मेगावाटको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी मिति २०८० साल चैत्र २८ गते देखि व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

यस आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट रु. २८ करोड ५० लाख आम्दानी गरेको जनाएको छ । अध्यक्ष सुमित्रादेवी न्यौपानेले आगामी वर्षमा कम्पनीका सेयरधनीलाई प्रतिफल दिने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

तपाईको बिचार

सम्बन्धित खबर