डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको चयन

517

काठमाडौ. । डेरी उद्योग संघको १७औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षको कार्यकालको लागि निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको छ। संघको साधारणसभा बुधवार ( १० असार २०८३ ) काठमाण्डौँमा निवर्तमान अध्यक्ष राजकुमार दाहालको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

साधारण सभाबाट सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजधानी डेरी ललितपुरका राजकुमार दाहाल रहेका छन् भने उपाध्यक्षमा आधुनिक डेरी काठमाडौँका विश्वराज बस्नेत चयन भएका छन् ।

नयाँ कार्य समितिकाे महासचिवमा जय श्री कृष्ण डेरी उद्योग भक्तपुरका सुरज सापकोटा रहेका छन् भने कोषाध्यक्षमा संयुक्त डेरी एण्ड फुड ललितपुरका कुलप्रसाद घिमिरे चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा विभिन्न जिल्लाका डेरी उद्योगका प्रतिनिधिहरू समेटिएका छन्। सदस्यहरूमा मैजु डेरी भक्तपुरका जेनन सैजु, बिडिसी फुड भवानी डेरी का देवराज बराल पञ्चशील डेरी काठमाडौँका पुष्पराज बस्नेत एनएमकी डेरी उद्योग झापाका रामचन्द्र उप्रेती कालिका डेरी उद्योग भक्तपुरका शिवप्रसाद त्यात तथा मदानी डेरी काभ्रेका माधव दाहाल रहेका छन्।

संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दुई वर्षसम्म नेपालको समग्र डेरी उद्योगको प्रवर्द्धन उत्पादनको गुणस्तर सुधार तथा बजार व्यवस्थापनमा नीतिगत पहल गर्दै संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर