सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

598

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज पुस ६ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ। यस आईपीओको बिक्री तथा निष्कासन व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ।

कम्पनी हाल लमजुङ जिल्लामा २६ मेगावाट क्षमताको ‘अपर खुदी’ जलविद्युत आयोजना निर्माणमा जुटिरहेको छ। सुपर खुदी हाइड्रोपावर लिमिटेडका अध्यक्ष चेतन प्रधान रहेका छन्। कम्पनीको सञ्चालक समितिमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान सदस्य छन् भने दल बहादुर विष्ट स्वतन्त्र सञ्चालकको रूपमा रहेका छन्।

तपाईको बिचार