काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला आउँदो फागुन ७ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय भेलाको अघिल्लो दिन केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
सोही अवसरमा संगठनबाट नेपाल पत्रकार महासंघका विभिन्न पदमा विजयी भएकाहरुलाई सम्मान समेत गर्ने भएको छ । सङ्गठनको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटीको बैठक राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
यसैगरी सङ्गठनको पर्सा जिल्लामा रहेको दुई वटा समानान्तर कमिटीलाई विघटन गरिएको छ । दुवै सङ्गठनलाई विघटन गर्दै पदाधिकारी बैठकले अजय चौरसियाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ कमिटी गठन गरिएको छ ।
कमिटीको सदस्यहरूमा आशमहम्द मियाँ, शम्भुकुमार सुमन, दीपेन्द्र गिरी र विनोद पटेल रहेका छन् । दुवै समानान्तर कमिटीका अध्यक्षद्धयलाई सदस्यमा राखिएको हो ।
बैठकले नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुख एवं सङ्गठनका नयाँ तोकिएका इन्चार्ज उपाध्यक्ष प्रकाश ज्वालालाई स्वागत गर्दै निवर्तमान इन्चार्ज एवं प्रचार विभाग प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडालाई बिदाइ गरिएको थियो ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, पोलिटब्यूरो सदसय तथा विभाग उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराई, संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलगायत संगठनका सल्लााहकारहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
तपाईको बिचार