पनौतीको विकास र पुननिर्माणमा सरोकारवालाको छलफल, हुमागाईँले दिए यस्ता सुझाव

पनौतीको विकास र पुननिर्माणमा सरोकारवालाको छलफल, हुमागाईँले दिए यस्ता सुझाव

596

काभ्रेपलान्चोक । असोज दोस्रो साताको बाढीले क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिकाले पुनर्ननिर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले सम्बन्धी राजनीतिक दल, सरोकारवाला पक्ष , नागरिक समाज र स्थानीयहरुको भेला गरि बाढीबाट प्रभाबित नगरलाई कसरी पु्ननिर्माण तर्फ लैजान सकिन्छ भन्ने विषयमा छलफल चलाएको हो ।

पुननिर्माणलाई नगरबासीको हितमा लगाउने उदेश्यले सबैको सुझाब, सल्लाह लिएर सहज रुपमा अगाडि बढाउन अन्तरक्रिया गरिएको बताइएको छ। उक्त छलफलमा राजनीतिक दलका प्रतिनिधी , नागरिक समाज र नगरबासिलाई सहभागी गराइएको थियो । 

सो अन्तरक्रियामा नगरको पुननिर्माणमा सहयोग पुग्ने तबरले हुमागाँईले केही सुझाबहरु प्रस्तुत गरेका थिए  । उनले ,पनौती नगरपालिकाले खोलाको मापदण्ड निर्धारण गरि डिजिटल नापजाँच मार्फत दिर्घकालीन समाधान निकाल्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने पहिलो सुझाव पेस गरेका थिए ।

बनेपा ,धुलिखेल र पनौती नगरपालिका अन्तर्गत रहेको ठुलो परियोजना एकीकृत खानेपानी योजना लाई ब्यवस्थित गर्नु अर्को महत्त्वपूर्ण कार्य रहेको भन्दै उक्त परियोजनाको क्षति २२ करोड बराबरको भएकाले अब सोही योजनाको कर वा राजस्वबाट नै नगरपालिकाले साँवा ,ब्याज तिर्न सक्ने वातावरण बनाउने अभियानमा लाग्न उनले सुझाए ।

बाढीबाट विस्थापितहरुलाई पुनर्बास र जोखिम स्थानबाट स्थानान्तरण गराउन नगरले विषेश पहल गर्नु पर्ने उनको जोड रहेको थियो ।  उनले खानी संचालनलाई मापदण्ड भित्र ल्याई आयस्रोतको वृद्धि गर्न सकिने र क्षति पुगेका सार्वजनिक संरचनाहरु धारा ,पुल, नहर,मन्दिर ,आदिको निर्माणमा ढिला नगरी तदारुकता देखाउन सरोकारवाला पक्षलाई सुझाव दिएका थिए ।

 

तपाईको बिचार