महामन्त्री थापा प्रधानमन्त्री बन्ने प्रयासमा रहेको खुलासा

महामन्त्री थापा प्रधानमन्त्री बन्ने प्रयासमा रहेको खुलासा

760

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् ।

शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए । नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए । थापाले २०६४ सालको संविधानसभा चुनावपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच संसदीय दलको नेताको चुनाव हुँदा पौडेल निर्वाचित भएका बेलामा पार्टीले सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको पनि स्मरण गरे ।

उनले भने, ‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन । नेपाली कांग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुदैन । त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ । एक पटक दलको चुनाव जितेपछि सधैंभरि जित्यो भन्ने छैन । दलको चुनाव जितेको ठाउँमा बकाइदासँग त्यसलाई बदल्न सकिन्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर