मन्त्री किरातीद्वारा क्यानका महानिर्देशकलाई दोस्रोपटक स्पष्टीकरण

मन्त्री किरातीद्वारा क्यानका महानिर्देशकलाई दोस्रोपटक स्पष्टीकरण

741

काठमाडौँ, २१ एस्सार । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अर्को ३ दिने स्पष्टीकरण सोधेका छन् ।

यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर