भक्तपुर, २० असार । ग्लोवल ग्यादरिंगको टोलीले भक्तपुरमा भ्रमण गरेको छ । टोली विश्वव्यापी रुपमा रहेको महिला र पुरुष तथा धनी र गरिवबीचमा हुने असमानतालाई अन्त्य गर्न तीन वर्षे रणनीति बनाउने लक्ष्यका साथ नेपाल आएको हो ।
समानताको लागि ग्लोवल ग्यादरिंगको टोली भक्तपुरको ५५ झ्याले दरवार स्क्वायर क्षेत्रमा भ्रमण गरेको छ । ५५ देशका विदेशी नेतृत्वले उक्त क्षेत्रमा अध्ययन भ्रमण गरेका हुन् । मानव अधिकार एलायन्स भक्तपुरको व्यवस्थापनमा आज दुघपाटी चोकदेखी दरवार स्क्वायर क्षेत्रसम्म पैदल यात्रा गरी विदेशी तथा सम्बन्धीत संघ संस्थाहरुको सहकार्यमा भ्रमण गरिएको थियो ।
समानताको साथ साथै नेपालको पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले समानताको पक्षमा नाराहरु लगाएका थिए । समानता, न्यायमा कुनै विभेद हुनु नहुनेमा जोड दिँदै सहभागिले उक्त कुरालाई विश्वव्यापिकरण गर्नेपर्नेमा जोड दिएका थिए । असमानताको अन्त्य गर्नुपर्ने वर्तमान समयको अपरिहार्यता रहेको औंल्याउँदै समानताको खोजिमा भौंतारिनुपर्ने अवस्था आउन दिनु नहुनेमा जोड दिइयो ।
हुँदा खाने र हुने खानेबीचमा ठूलो विभेद रहेको उल्लेख गर्दै सहभागिले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरिव र धनिवर्गले पाउने सेवा सुविधा अन्तर रहेकाले त्यसलाई समानतामा रुपान्तरण गर्नुपर्ने विश्वव्यापी आवाज रहेको बताए । १० प्रतिशत धनी व्यक्तिको हातमा ९० प्रतिशत गरिव जनता कव्जामा रहेको उल्लेख गर्दै महिला र पुरुषबीचको विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिइएको थियो ।
तपाईको बिचार