काठमाडौँ, १९ असार । काम गर्न असुरक्षा रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गएका छन् ।
न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।
ललितपुरका एक न्यायाधीशले भने, ‘बाहिर नाराबाजी चलेको छ, हाम्रो नाम लिएर मुर्दावाद भन्न थालेपछि काम गर्ने वातावरण भएन, त्यसैले हामी सर्वोच्च अदालत आयौं’, ‘यो वातावरण अन्त्य हुनुपर्यो र अहिलेको समस्या समाधान हुनुपर्यो भनेर सर्वोच्च अदालत आएका हौं ।’
तपाईको बिचार