प्रेस चौतारीले भन्यो, पत्रकार महासंघको चुनाव घोषित मितिमै गर

प्रेस चौतारीले भन्यो, पत्रकार महासंघको चुनाव घोषित मितिमै गर

867

काठमाडौं । प्रेस चौतारी नेपालले ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मितिमा निर्वाचन गर्न भनेको छ । चौतारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।

चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।’ यसअघि पटक पटक समय थप्दा समेत निर्वाचन गराउन नसकेपछि अध्यक्ष पोखरेलले सोमबार राजीनामा दिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर