काठमाडौँ, ११ असार । रास्वपाले जिल्ला निर्वाचन कार्यालय नराखे सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका हुन् ।
उनले भने, ‘राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो यो । यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु राजनीतिक कुचेष्टा हो’, ‘यसले लोकतन्त्रलाई बलियो बनाउँदैन ।’
उनले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर प्रस्ताव गरिएको भन्दै यसले जनताको मताधिकारमा असर गर्नेमात्र नभई स्वतन्त्र रुपमा जन्मिएका नयाँ पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक खेल भएको बताए । उनले संवैधानिक निकायमाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले भने, ‘अर्थमन्त्रीज्यु यो निर्णय खारेज गर्नुस् । अन्यथा सम्पुर्ण विरोध र प्रतिवाद गर्छौ ।’
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार