संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक लेखक

संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक लेखक

729

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको र आगामी दिनमा सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

“बजेट संशोधन हुँदैन भने संसद्‌भित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसप्रति सबै गम्भीर हुनुपर्छ,” उनले भने ।  उनले बजेटको सवालमा संसद्को भूमिका निर्धारण गर्न जरुरी रहेको बताए ।

उनले हाल भएको अवधारणालाई परिमार्जन गरेर संसद्बाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने बताए । यद्यपि, सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाइ छ ।

तपाईको बिचार