आधा अध्याय: लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृतान्त सार्वजनिक

525

काठमाण्डौँ। लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृतान्त सार्वजानिक भएको छ। हाल जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रहेका शाहीको साे पुस्तक नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री उदय शमशेर राणा, नेपाली काँग्रेस संसदीय दलकी सचेतक बासना थापा लगायतले बुधबार एक विशेष समारोहका बीच सार्वजानिक गरेका हुन्।

लोकार्पण समारोहमा शाहीले यस पुस्तकमा आफुँलाई राजनीतिक पात्रका रूपमा वा कुनै अब्बल लेखकका रुपमा प्रस्तुत गर्न खोजेको नभई आफ्नो ठाउँमा देखेको, गरेको , र गर्न खोजेको कामहरुको उल्लेख गरेको बताए। उनले जनप्रतिनिधिको रुपमा हिमा गाउँपालिकालाई कर्णालीको पहिलो बालविवाहमुक्त र साक्षर गाउँपालिका बनाउन नेतृत्व गर्न सकेकोमा सन्तोष व्यक्त गरे।

राजनीतिलाई पद र शक्तिको होडबाजी नभई नागरिकसंगको निरन्तर आत्मीय सम्बन्ध र इमान्दार सेवाको रुपमा आफुँले सधैँ अवलम्वन गर्दैै आएको उनले स्प्रस्ट पारे।

समारोहमा नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले आफुँ तरुण दलको अध्यक्ष रहँदा देखि नै लक्ष्मण बहादुर शाही संग आत्मीय सम्बन्ध रहेको स्मरण गरे। उनले शाही एक इमान्दार राजनीतिज्ञ र उत्कृष्ट गाउँपालिका अध्यक्ष समेत रहेका बताउँदै पुस्तकले लेखक शाहीको पारिवारिक र राजनीतिक संघर्ष समेटेको बताए। कार्यक्रमका अन्य वक्ताहरुले लेखक शाहीको व्यक्तित्व र कृतित्वको परिचर्चा गर्दै लेखकलाई सफलताको शुभकामना व्यक्त गरे।

तपाईको बिचार

सम्बन्धित खबर