रिजलाइन इनर्जीको साधारण सभा कार्तिक १७ गते सम्पन्न , १२.४७ करोड नगद लाभांश प्रदान

577

रिज

ललितपुर । रिज लाइन इनर्जी लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारण सभा कात्तिक १७ गते मंगलबार सम्पन्न गरेको छ। कम्पनीको असोज १४ गते सम्पन्न १२२औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सभा बिहान १० बजे कुपण्डोल ब्याङ्क्वेट , ललितपुरमा कम्पनीका अध्यक्ष डा. बसन्त गिरीको सभापतित्वमा बसेकाे थियाे ।

सभामा शेयरधनीलाई रु. १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस भई पारित भएको छ।

यस्तै, समीक्षा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभामा पेस गरिए। आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्तावसमेत रहेको थियाे।

सभाको विशेष प्रस्तावअन्तर्गत १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र बिक्री वा हस्तान्तरण गर्ने प्रस्ताव राखिएको छ।

त्यसैगरी, दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने तथा सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा सञ्चालक समितिको १२१औँ बैठकले गरेको निर्णय स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस भए।

सभामा कम्पनीले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा निरञ्जन पराजुली सर्वसम्मत निर्वाचित भए । साथै, आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च तथा अर्थपूर्ण कारोबार र सोमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको थियाे ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गरेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर