४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

564

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो ।

नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ ।वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवाका लागि १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँ तोकिएको छ

नयाँ प्याकेजको शुल्क

३० एमबीपीएस — वार्षिक ४ हजार ९९९ रुपैयाँ

१०० एमबीपीएस — वार्षिक ११ हजार ४९९ रुपैयाँ

१५० एमबीपीएस — वार्षिक १२ हजार ९९९ रुपैयाँ

२०० एमबीपीएस — वार्षिक १६ हजार ४९९

तपाईको बिचार

सम्बन्धित खबर