हिमालय उर्जा विकास कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न

529

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा कात्तिक १६ गते सोमबार नयाँ बानेश्वरको अर्पण बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष हरि प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न सभाको संचालन कम्पनीका सचिव नवराज भण्डारीले गरेका थिए।

सभाले समीक्षा आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु छलफल र सुझावसहित पारित गरेको छ। साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याएको छ। संचालकको पारिश्रमिक घटाइएको विषय अनुमोदन गर्दै सभाले बाँकी अवधिका लागि भएको स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन पनि सभाले गरेको छ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् ।

असोज १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त साधारणसभा सम्पन्न भएको हो। सभा प्रयोजनका लागि असोज २८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिएका हुन्।

यस कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमाना भई बहने खिम्ती खोलामा उपल्लो खिम्ती ( १२ मेगावाट) र अपर खिम्ती ( ७ मेगावाट) आयोजना सम्पन्न गरी व्यवसायीक रुपमा उत्पादन गर्दैै आएको छ।

तपाईको बिचार

सम्बन्धित खबर