मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ

509

काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक अकाउन्ट वालेटमा लिंक गरिदिन्छु । व्यावसायिक खातामा रकम प्राप्त हुँदा रकम प्राप्त भएको आवाज आउने ई–स्पिकर बनाईदिन्छु, फन्ड ट्रान्सफर गर्दा चार्ज नलाग्ने बनाईदिन्छु’ जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर