त्रिविद्वारा M.Ed. र MSSEd प्रवेश परीक्षाको छुट नतिजा सार्वजनिक ( नतिजा सहित )

883

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह M.Ed. तथा MSSEd प्रथम सेमेस्टरमा नयाँ भर्नाका लागि सञ्चालित प्रवेश परीक्षाको छुट नतिजा सार्वजनिक गरेको छ।

सेमेस्टर प्रणालीमा आधारित शैक्षिक सत्र २०८२/०८३ का लागि यही २०८२ साल पौष २८ गते सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा यसअघि माघ २ र ६ गते प्रकाशित गरिएको थियो। तर प्राविधिक कारणले केही क्याम्पसहरूको नतिजा छुट हुन गएको थियो।

प्रवेश परीक्षा समितिको बैठकको निर्णयअनुसार छुट भएका ती क्याम्पसहरूको नतिजा हाल सार्वजनिक गरिएको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ। यससँगै सम्बन्धित विद्यार्थी, क्याम्पस तथा सरोकारवाला निकायहरूलाई आवश्यक जानकारी गराइएको छ।

परीक्षा नियन्त्रण महाशाखाका अनुसार छुट नतिजा प्रकाशित भएसँगै अब भर्ना प्रक्रिया सम्बन्धित क्याम्पसको सूचनाअनुसार अगाडि बढाइनेछ। नतिजासम्बन्धी विस्तृत विवरण शिक्षाशास्त्र संकाय तथा सम्बन्धित क्याम्पसहरूबाट प्राप्त गर्न सकिनेछ।

नतिजा हेर्नुस् –

तपाईको बिचार