फियन सहकारीको १५औं साधारणसभा सम्पन्न

874

काठमाडौं । बबरमहलस्थित फियन बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बासुदेव खत्रीको सभापतित्वमा मङ्गलबार ( १५ पुष , २०८२ ) सम्पन्न साधारणसभाले सस्थाको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।

त्यस्तै , समीक्षा आ.व.को लेखासुपरीबेक्षण समितिको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन, आर्थिक प्रतिबेदनलगायतका प्रस्तावहरु साधारणसभाबाट पारित भएका छन् ।

साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा मंसिर मसान्तसम्म सस्थाको शेयर पूँजी ९५ लाख ३६ हजार ६०० रुपैयाँको भएको छ भने लेखासुपरीबेक्षण समितिको प्रतिबेदन अनुसार निक्षेप रकम ४ करोड ८० लाख ४९ हजार ९०४ रुपैयाँ भइ कर्जा लगानी ४ करोड ६६ लाख ४८ हजार २५६ रुपैयाँइ हुन गएको छ ।  बैंक मौज्दात १ करोड ४४ लाख ८७ हजार ७१ रुपैयाँ कायम भएको छ ।

यसैगरी विविध कारोबार गरी चालु आ.व.मा सस्थाको पूँजी तथा दायित्व ६ करोड २४ लाख ७० हजार ९७५ रुपैयाँको भएको छ । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । साथै साधारणसभामा विभिन्न महानुभवहरुलाई सम्मानसमेत गरिएको थियो । सभा हलको प्राङ्गणमा खाद्य पदार्थ , फलफूल तथा सागपातका स्टलहरुसमेत प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर