भीमबहादुर तामाङ स्मृति कप: रामेछाप र चितवन सेमिफाइनलमा प्रवेश

भीमबहादुर तामाङ स्मृति कप: रामेछाप र चितवन सेमिफाइनलमा प्रवेश

629

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कप बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा रामेछाप र चितवन सेमिफाइनलमा प्रवेश भएको छ ।

बिहिवार दोस्रो दिन क्वाटरफाइनल अनतर्गत भेको खेलमा रामेछापले आयोजक बी टिमलाई र तामाकोसी गाउपालिकालाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश भएको हो ।

यी दुई टिमबीच शुक्रबार फाइनलमा जानको लागि सेमिफाइनल अन्तरगत प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार क्वाटरफाइनल अन्तर्गत आयोजक ए टिम दोलखा र सिन्धुली त्यस्तै धादिङ र नुवाकोटबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलमा प्रवेश हुने यी टिमबीचमा पनि फाइनलको लागि शुक्रबार नै प्रतिस्पर्धा हुने आयोजक नेपाली काङ्ग्रेस दोलाखा प्रदेश “क” ले जनाएको छ ।

चार लाख धनराशि रहेको बागमती प्रदेश स्तरीय भीमबहादुर स्मृति कपको उपबिजेताले दुई लाख, तेस्रोले एक लाख र सान्त्वना हुनेले ५० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् । खेल आगामी शनिबार सम्पन्न हुनेछ ।।

तपाईको बिचार