काठमाडौ । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मित्रराष्ट्र माल्दिभ्समा माघ २१ गतेदेखि २७ गतेसम्म आयोजना हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुन लागेको नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विदाइ कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले १४ जना खेलाडी र ४ जना अफिसियल सहभागी रहेको टोलीलाई औपचारिक रूपमा विदाइ गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको महिला भलिबल टोलीले संगठन मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देश र संगठनको गौरव उच्च राख्न खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
विदाइ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।
तपाईको बिचार