जिल्ला अधिवेशन हुँदै गर्दा रविको सन्देश– संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्यागौं

551

(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति मात्रै नभई मुलुको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका छन्।

शनिबारदेखि रास्वपाको जिल्ला अधिवेशन सुरू हुँदै गर्दा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फ सन्देश जारी गर्दै सक्षम राजनीतिक शक्ति बन्नका लागि पार्टीलाई अझै फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने बताएका हुन्।

‘संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,’ उनले लेखेका छन्।

युगले दिएको अभिभारा पूरा गर्न पछिल्लो जनमतलाई अझै विस्तार गर्न राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउन उनले आग्रह गरेका छन्।

आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो,’ उनले लेखेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर