सातौ राष्ट्रिय योगासन प्रतियोगितामा ‘मिस्टर योगी’ रोशन, ‘मिस योगी’ सोनम

1069

काठमाडौँ । सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत कञ्चनपुरका रोशन विष्ट ‘मिस्टर योगी’ र काठमाडौँकी सोनम वाडमो तामाङ ‘मिस योगी’ घोषित हुनुभएको छ। देशभरबाट सहभागी २४६ जना योगासन खेलाडीलाई पछि पार्दै उहाँहरूले उक्त उपाधि हात पार्नुभएको हो।

कपनस्थित दीक्षालय स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। रोशन विष्टले यसअघि दुई वटा राष्ट्रिय प्रतियोगितामा पनि ‘मिस्टर योगी’को उपाधि जितिसक्नुभएको छ। यससँगै उहाँ राष्ट्रियस्तरमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न सफल हुनुभएको हो।

१० देखि १४ वर्ष उमेर समूह (पुरुष)तर्फ सत्य नारायण शाह प्रथम, निलम पुरी द्वितीय र युल किशोर सिंह तृतीय स्थानमा रहनुभयो। सोही उमेर समूह (महिला)तर्फ सोनम वाडमो तामाङ प्रथम, स्वेक्षा थापा द्वितीय तथा संरचना पुरी र सामना नेपाली संयुक्त रूपमा तृतीय स्थानमा रहनुभयो।

१४ देखि १८ वर्ष उमेर समूह (पुरुष)तर्फ बुद्ध गुरुङ प्रथम, सन्देश धिताल द्वितीय र सुन्दर कार्की तृतीय स्थानमा रहनुभयो। महिला तर्फ प्रज्ञा गौतम प्रथम, सुहारिका कार्की द्वितीय र प्रिया जी।सी। तृतीय स्थानमा रहनुभयो।

१८ देखि २८ वर्ष उमेर समूह (पुरुष)तर्फ रोशन विष्ट प्रथम, आङ छिरिङ लामा द्वितीय र विवेक यादव तृतीय स्थानमा रहनुभयो। महिला तर्फ चाँदनी परियार प्रथम, पुष्पा नाथ द्वितीय र आशा पौडेल तृतीय स्थानमा रहनुभयो।

२८ देखि ३५ वर्ष उमेर समूह (पुरुष)तर्फ देवबहादुर थापा प्रथम, सुमन आचार्य द्वितीय र कैलाशजंग कार्की तृतीय स्थानमा रहनुभयो। महिला तर्फ मिना कुमारी राउत प्रथम, मन्जु तोलेंगे द्वितीय र सुनिता सुनुवार तृतीय स्थानमा रहनुभयो।

३५ देखि ४५ वर्ष उमेर समूह (पुरुष)तर्फ नील कमल राय प्रथम, हरिकृष्ण खराल द्वितीय र तेजबहादुर ढकाल तृतीय स्थानमा रहनुभयो।

३५ देखि ४५ वर्ष उमेर समुहमै महिलातर्फ प्रथम सृजना श्रेष्ठ, दोस्रो अन्जु श्रेष्ठ, र तेस्रो स्थानमा रविना बके रहेका थिए ।

४५ देखि ५५ वर्ष उमेर समूह (पुरुष)तर्फ राजकुमार ओडारी प्रथम, चन्द्रबहादुर दगाल द्वितीय र लाल बाबु ठाकुर तृतीय स्थानमा रहनुभयो। महिला तर्फ जानुका भट्टराई प्रथम, रेनु दुलाल द्वितीय र कमला काफ्ले तृतीय स्थानमा रहनुभयो।

५५ वर्ष माथिको उमेर समूह (पुरुष)तर्फ कृष्णबहादुर न्यौपाने प्रथम, कमलबहादुर राजलवट द्वितीय र यज्ञप्रसाद आचार्य तृतीय स्थानमा रहनुभयो। महिला तर्फ ललिता कुमारी बछाड प्रथम, चिनी माया खत्री द्वितीय र पशुपति देवी धिमाल तृतीय स्थानमा रहनुभयो।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको आवास तथा खानाको सम्पूर्ण प्रायोजन दीक्षालय स्कुलले गरेको थियो। दीक्षालय स्कुलका संस्थापक प्रिन्सिपल दुर्गा प्रसाद दाहालले राष्ट्रियस्तरका खेलाडी तथा खेल प्राविधिकलाई आतिथ्य प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिताका टेक्निकल डाइरेक्टर डा. संग्राम पुरीले पहिलो पटक डिजिटल डिसिजन (कम्प्युटर स्कोरिङ प्रणाली) प्रयोग गरी नतिजा छिटो, पारदर्शी र प्रभावकारी रूपमा सार्वजनिक गर्न सफल भएको जानकारी दिनुभयो।

प्रतियोगिताको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारीले गर्नुभएको थियो। विजयी खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले प्रदान गर्नुभएको थियो।

कार्यक्रममा नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा. डा.सूर्यबहादुर कार्की, उपाध्यक्ष अशोक आले, महासचिव चुडामणि खरेल,सचीव लोकनाथ खनाल कोषाध्यक्ष प्रेम खड्का, सुदूरपश्चिम योग खेलकुद संघकी अध्यक्ष गीता सोराडी लगायतको उपस्थिति रहेको थियो। प्राविधिकतर्फ डा. आनन्द गैह्रे, पुष्करराज पन्त, केदारनाथ बस्ताकोटी, पर्शुराम आचार्य तथा एथलीट तथा स्टेज व्यवस्थापनतर्फ रोजी शर्मा र गंगा पुन संलग्न रहनुभएको थियो।

तपाईको बिचार