अनेमसंघ प्यूठानले गर्यो तीज विशेष कार्यक्रम 

 अनेमसंघ प्यूठानले गर्यो तीज विशेष कार्यक्रम 

641

प्यूठान ।  नेकपा ( एकीकृत समाजवादी )  प्युठानले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरूको पर्व तीजको अवसर पारेर सोमबार दर खाने तथा शुभकामना आदन प्रदान कार्यक्रम प्युठानको बाग्दुला गोल्डेन कटेजमा सम्पन्न गरेको छ।

हिन्दु नारिहरुको  हरितालिका तिजको अवसरमा कार्यक्रम गरि जिल्ला कमिटीले आफ्नो पार्टीका महिला दिदी बहिनीहरूलाई दर खुवाउने तथा शुभकामना आदानप्रदान कार्यक्रम ।

एकीकृत समाजवादीको  महिला संगठन अनेमसंघ ( समाजवादी ) प्युठानका अध्यक्ष मिना थपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि चित्रकली बूढा मगर विषेश अतिथि नौबहीनी गाउँपालिका वडा न.३ का महिला सदस्य धनी झाँक्री, नौबहिनी गाउँपालिका वडा न. १  पूर्व दलित महिला सदस्य दल सरा सुनार अतिथि लाली सुनार, कमला गिरि हमाल,र मोति राम श्रेष्ठ रहेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य रेखा सुनारले गरेकी थिइन् । जिल्लाका विभिन्न स्थानबाट ७० बढी महीलाहरुको उपस्थिति रहेको नेकपा एकीकृत समाजवादी  प्युठानका उप सचिव खिम सुनारले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्रकली बुढा मगरले यति धेरै महिलाहरू लाई एकै ठाउमा जमघट गराएर दर खुवाउने तथा शुभकामना आदानप्रदान र एकआपसमा दुःख सुख साट्ने अवसर जुटाएको भन्दै कार्यक्रमले समाजमा चाडपर्वका नाममा हुने गरेका भड्किला कृयाकलापलाई अन्त्य गर्दै परम्परागत मौलिकता जोगाउन र मौलिकता भनेको के हो र वास्तवमा दर खाने भन्ने कुरा के भन्ने कुरा समाजमा राम्रो सन्देश दिएको बताइन् । 

कार्यक्रमका अध्यक्ष  श्रेष्ठले  बर्खाको समयमा पनि यति धेरै दिदी बहिनी उपस्थित हुनुमा आफू र आफ्नो सङ्गठन खुशी भएको बताइन् । उनीहरूले मौलिक संस्कृति झल्कने विभिन्न गीत सँगित सहित मनोरञ्जन सहितका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 

तपाईको बिचार

सम्बन्धित खबर