३० जेठ, काठमाडौं। नेपाल रिकण्डिसन अटो व्यवसायी संघमा प्रविन लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। संघको जेठ ३० गते शनिबार काठमाडौँमा सम्पन्न तेस्रो अधिवेशन तथा नवौं र दशौं वार्षिक साधारण सभाबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न भएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदिप राना मगर, महासचिवमा कुमार बोगटी निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा अमित अधिकारी र डुक्पा घले , कोषाध्यक्षमा मनिषराज पाण्डे र सह कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा नवराज भण्डारी, तीर्थबहादुर बुढाथोकी, टोकबहादुर पौडेल , सुरज प्रसाद नेपाल, विकास श्रेष्ठ, देवेन्द्र कुमार श्रेष्ठ र रुद्र ढुङ्गाना निर्वाचित भएका छन्।
सङ्घको तेस्रो अधिवेशन निवर्तमान अध्यक्ष रमेश कोइरालाको सभापतित्व तथा बागमती प्रदेशका श्रम , रोजगार तथा यातायात व्यवस्था मन्त्री जयराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
तपाईको बिचार