भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा

123

काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका  छन् ।

आज पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए ।

उनले भने, ‘आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ’ ‘हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ ।’  आदिवासी जनतातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गरे ।

तपाईको बिचार