राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : रवि लामिछाने

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : रवि लामिछाने

159

काठमाडौँ, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” रास्वपा अहिले संगठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो । संगठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर