प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

755

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ ।

बजेट मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्‍यो । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् ।

आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित  थिए । आज २५५ सांसद मात्र उपस्थित थिए । आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।

तपाईको बिचार