महानगरको टिभी मोह

महानगरको टिभी मोह

209

काठमाडौँ, १२ असार । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ । आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले टेलिभजन खोल्न ५ करोड रुपैयाँ छुट्याइएको घोषणा गरिन् ।

महानगरको यो घोषणा कार्यान्वयन भयो भने अब नेपालीजनले ‘महानगर’ नाम गरेको अर्को टेलिभिजन पनि हेर्न सुन्न पाउने छन् । सञ्चारमाध्यमले खासमा ३ विषयवस्तु उपलब्ध गराउँछन्– सूचना /जानकारी, शिक्षा र मनोरञ्जन । यस अर्थमा हेर्दा अर्को एउटा टेलिभिजन थपिनु सकारात्मक लाग्न सक्छ ।

तर यसलाई यसरी सकारात्मक ठान्नेले केही प्रश्नमा ध्यान दिनुपर्ने हुन्छ– यो कसले सञ्चालन गर्दैछ ? किन गर्दैछ, यसको उद्देश्य के हो ?अनि यस्तो कार्य प्राथमिकतामा राख्नुपर्ने अवस्था थियो कि थिएन ? यस्तो प्रश्नको उत्तर नखोजी महानगरको यो कार्य सही / बेठीक छुट्याउन हम्मे पर्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको बिचार